
काठमाडौं । दोलखाको मालु मतदान केन्द्रमा बुथ कब्जा गरेको आरोपमा झडप भएको छ। झडप हुँदा दोलखामा हवाई फायर भएको छ। मतदान गर्ने क्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेका अनुसार दुई पक्षबिच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर भएको जानकारी दिए । स्थिति असामान्य भएपछि त्यहाँको मतदान स्थगित भएको छ ।
























