
विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा मोरङ जिल्लामा करिब ५२ प्रतिशत मत खसेको छ । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार दिउँसो ४ बजेसम्म जम्मा ५१.९४ प्रतिशत मत खसेको हो ।
मोरङमा ७ लाख ८३ हजार ५० जना मतदाता रहेकोमा हालसम्म ४ लाख ६ हजार ७१५ जनाले मतदान गरेका हुन् । जिल्लाभरका कुल ८८८ मतदान केन्द्रहरु छन् । मतदानको साझ ५ बजेसम्मका लागि तोकिएको छ ।
























