गगन थापा भन्छन्,’मतदाताको उत्साहले लोकतन्त्रप्रतिको निष्ठा पुनः पुष्टि गर्यो’

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २१, बिहीबार १८:०५

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा निर्वाचनमा देखिएको देशव्यापी जनसहभागिताले लोकतन्त्रप्रतिको नेपाली जनताको अटल प्रतिबद्धतालाई पुनः प्रमाणित गरेको बताएका छन् ।

बिहीबार विज्ञप्ति जारी गर्दै उनले निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मताधिकार प्रयोग गर्ने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त पनि गरेका छन् ।

सभापति थापाले मतदाताको सक्रियताले लोकतान्त्रिक प्रणालीलाई मजबुत बनाएको उल्लेख गर्दै यसले राजनीतिक दल र आगामी सरकारलाई जनअपेक्षा अनुसार काम गर्न थप जिम्मेवार बनाएको बताएका छन् ।

‘यहाँहरूको सक्रिय सहभागिताले लोकतान्त्रिक प्रणालीप्रतिको गहिरो विश्वासलाई पुष्टि गरेको छ,’ उनले भने, ‘यसले अब बन्ने सरकारलाई जनताका चाहना पूरा गर्न थप जवाफदेही बनाउने छ ।’

केही क्षेत्रमा भएका छिटपुट घटनाबाहेक समग्रमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा उनले सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएका छन् । साथै, निर्वाचन सफल बनाउन अहोरात्र खटिने राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारकर्मी तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूप्रति पनि उनले कृतज्ञता प्रकट गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.