निर्वाचनमा सहभागीलाई राष्ट्रपतिले दिए धन्यवाद

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २१, बिहीबार २१:३१

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा राष्ट्रपति रामचन्द्र पौडेलले खुसी व्यक्त गरेका छन् ।  मुलुकले झेलिरहेको जटिल राजनीतिक परिस्थितिले निर्वाचनमार्फत निकास पाएको उनले बताए ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले लोकतान्त्रिक अभ्यासको यो महत्त्वपूर्ण खुड्किलो पार हुनुलाई सकारात्मक उपलब्धिका रूपमा लिएका छन् ।

निर्वाचनलाई निष्पक्ष र सफलतापूर्वक सम्पन्न गराउन अहोरात्र खटिने सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, राजनीतिक दल र राष्ट्रसेवक कर्मचारीहरूप्रति राष्ट्रपतिले विशेष आभार प्रकट गरेका छन् । साथै, आफ्नो मताधिकार प्रयोग गरी लोकतन्त्रलाई मजबुत बनाउने आम मतदाता र सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि उनले धन्यवाद दिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.