
झापा । झापा क्षेत्र नम्बर ५ को मतगणनाको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह (बालेन्द्र)ले अग्रता लिएका छन् ।
हालसम्म १ हजार ४ सय मत गणना हुँदा शाहले ८१४ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३८४ मत प्राप्त गरेका छन् ।
प्रारम्भिक गणनामा ओली पछि परेपछि झापा–५ को चुनावी परिणाम थप चासोको विषय बनेको छ । ५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको झापाको निर्वाचनलाई राष्ट्रिय राजनीतिक वृत्तले विशेष चासोका साथ हेरिरहेको छ ।
























