
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशका विभिन्न निर्वाचन क्षेत्रमा मतगणना जारी रहँदा प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले धेरै स्थानमा अग्रता लिएका छन् ।
हालसम्म सार्वजनिक विवरणअनुसार अधिकांश क्षेत्रमा रास्वपा उम्मेदवार अगाडि देखिएका छन् भने केही क्षेत्रमा नेपाली कांग्रेस र अन्य दलका उम्मेदवारले पनि अग्रता लिएका छन् । झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक मतगणनामा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले ८१४ मत प्राप्त गर्दै अग्रता लिएका छन् । सोही क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३८४ मत प्राप्त गरेका छन् । कुल १४०० मत गणना हुँदा शाहले सुरुवातमै अग्रता बनाएका हुन् ।
चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछानेले ११५८ मत ल्याउँदै अग्रता लिएका छन् । एमाले उम्मेदवार अस्मिन घिमिरेले ९०८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका प्रताप गुरुङले ७७५ मत पाएका छन् ।
चितवन क्षेत्र नम्बर ३ मा रास्वपाकी सोविता गौतमले ९२५ मतसहित अग्रता लिएकी छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की रेणु दाहालले ६७९ मत ल्याएकी छन् । नेकपा एमालेका शंकरराज थपलियाले २०२ मत, नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले १२९ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक थापा मगरले २२ मत प्राप्त गरेका छन् ।
रुपन्देही क्षेत्र नम्बर ३ मा पनि रास्वपाका उम्मेदवार डा. लेखजंग थापाले १३७७ मत ल्याउँदै अग्रता कायम गरेका छन् । नेपाली कांग्रेसका सुशील गुरुङले २४९ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका गौरव बोहराले २४८ मत र नेकपा एमालेका बासुदेव घिमिरेले १९२ मत प्राप्त गरेका छन् । नेकपाका फैज अहमद खानले ४५ मत र राष्ट्रिय जनमुक्ति पार्टीका मोजिब अलीले ३६ मत पाएका छन् ।
ललितपुर क्षेत्र नम्बर १ मा भने नेपाली कांग्रेसका उदयशमशेर जबराले ५२२ मत ल्याएर अग्रता लिएका छन् । एमालेका चेतनाथ सञ्जेलले २६९ मत प्राप्त गरेका छन् भने रास्वपाका बुद्धरत्न महर्जनले १२२ मत पाएका छन् । नेकपाका सुनिल महर्जन र उज्यालो नेपाल पार्टीका पदमकुमार लामाले समान २३–२३ मत ल्याएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ३ मा रास्वपाका राजु पाण्डेले २९६० मत ल्याउँदै अग्रता बनाएका छन् । उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले २७०६ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका रमेश अर्यालले ५८३ मत र नेकपा एमालेका रामेश्वर फुँयालले ४५६ मत ल्याएका छन् ।
मुस्ताङ जिल्लामा भने नेपाली कांग्रेसका योगेश गौचन थकालीले ६८७ मत ल्याउँदै अग्रता लिएका छन् । नेकपा एमालेका इन्द्रधारा विष्टले ३५५ मत प्राप्त गरेका छन् भने रास्वपाका अद्वितीय चन्द्र थकालीले ११७ मत ल्याएका छन् ।
बाँके क्षेत्र नम्बर १ मा रास्वपाका सुरेश थारुले १४७३ मत प्राप्त गर्दै अग्रता बनाएका छन् । नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले ६५३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सूर्यप्रसाद ढकालले ३०९ मत ल्याएका छन् । नेकपाका नरेन्द्र पाण्डेले १८३ मत पाएका छन् ।
काठमाडौंका अन्य क्षेत्रमा पनि रास्वपाको अग्रता देखिएको छ । काठमाडौं क्षेत्र नम्बर १० मा रास्वपाका प्रदीप विष्टले २५५१ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका हिमाल कार्कीले ५४५ मत र एमालेका विनोद श्रेष्ठले २८६ मत ल्याएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ८ मा रास्वपाका विराजभक्त श्रेष्ठले ३२९० मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसकी सपना राजभण्डारीले ३४९ मत, नेकपाका सुमन सायमीले ३४८ मत, राप्रपाका नवीन शाहीले २३६ मत र एमालेका राजेश शाक्यले २३१ मत पाएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ७ मा रास्वपाका गणेश पराजुलीले १४८१ मत प्राप्त गरेका छन् । एमालेका प्रकाश श्रेष्ठले ३०८ मत, कांग्रेसका प्रमोदहरि गुरागाईंले २८२ मत र नेकपाका वसन्तप्रसाद मानन्धरले २०८ मत ल्याएका छन् ।
काठमाडौं क्षेत्र नम्बर १ मा रास्वपाकी रन्जु न्यौपाने (दर्शना)ले ३१२९ मत ल्याउँदै अग्रता बनाएकी छन् । नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले १६९५ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ८८२ मत र एमालेका मोहनराज रेग्मीले २७२ मत पाएका छन् ।
काठमाडौं क्षेत्र नम्बर २ मा रास्वपाका सुनिल केसीले ४२४ मत प्राप्त गरेका छन् । एमालेका मणिराम फुँयालले २३६ मत र नेपाली कांग्रेसका कबिर शर्माले १९४ मत ल्याएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ४ मा रास्वपाका पुकार बमले ८६५ मत प्राप्त गरेका छन् । एमालेका राजन भट्टराईले २७४ मत, नेपाली कांग्रेसका सचिन तिमिल्सिनाले २१३ मत र उज्यालो नेपाल पार्टीका झनकबहादुर अधिकारीले १०० मत प्राप्त गरेका छन् ।
काठमाडौं क्षेत्र नम्बर ५ मा रास्वपाका सस्मित पोखरेलले १४२४ मत प्राप्त गरेका छन् । कांग्रेसका प्रदीप पौडेलले ४१२ मत, एमालेका ईश्वर पोखरेलले २८५ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापाले ५५ मत ल्याएका छन् ।
कञ्चनपुर क्षेत्र नम्बर २ मा रास्वपाका दीपक बोहराले १३८० मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । नेपाली कांग्रेसका एनपी साउँदले ५३९ मत र नेकपा एमालेका बचनबहादुर सिंहले ३७७ मत प्राप्त गरेका छन् ।
भक्तपुर क्षेत्र नम्बर २ मा रास्वपाका राजीव खत्रीले १४०० मत ल्याउँदै अग्रता बनाएका छन् । एमालेका महेश बस्नेतले १२०० मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका कबीर रानाले १७१ मत ल्याएका छन् ।
देशभर हालसम्म २६ निर्वाचन क्षेत्रमा मतगणना सुरु हुँदा तीमध्ये २१ क्षेत्रमा रास्वपाले अग्रता लिएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।
























