
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विजयी सुरुवात गरेको छ ।
काठमाडौं–१ बाट रास्वपाकी रञ्जु दर्शना विजयी भएकी छन् । उनले कांग्रेसका प्रबल थापालाई पराजित गरिन् । १५४५५ मतसहित दर्शना विजयी हुँदा दाेस्राे भएका थापाले ६३६४ मतप्राप्त गरेका थिए ।
निर्वाचन आयोगले औपचारिक घोषणा गरेको छैन । प्राप्त गरेको मतको विवरण पनि सार्वजनिक गरिएको छैन ।
























