
विराटनगर । प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा मोरङका ६ मध्ये ५ वटा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती अग्रता लिएको छ । क्षेत्र नम्बर ३ बाहेक अन्य सबै क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले कांग्रेस, एमाले र नेकपा जस्ता ठूला दललाई पछि पारेका छन् ।
क्षेत्रगत ताजा अवस्था
क्षेत्र नं. ६ : रास्वपाकी रुविना आचार्य ३४२३ मतसहित अगाडि छिन् । उनलाई कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला (७२८ मत) र एमालेका विनोद ढकाल (६२७ मत) ले पछ्याइरहेका छन् ।
क्षेत्र नं. ५: रास्वपाकी आशा झा ३९७९ मतका साथ शीर्ष स्थानमा छिन् । जसपाका राजकुमार यादव (१३६६) दोस्रो र नेकपाका शिवकुमार मण्डल (१२८६) तेस्रो स्थानमा छन् ।
क्षेत्र नं. ४: रास्वपाका सन्तोष राजवंशी ११,५६४ मतसहित निकै अगाडि छन् । नेकपा उम्मेदवार अमनलाल मोदीले २४४८ मत छ । कांग्रेस उम्मेदवार गुरुराज घिमिरेले २६४८ मत प्राप्त गरेका छन् ।
क्षेत्र नं. २: रास्वपाका कृष्ण कार्की ११६७ मतसहित अगाडि छन् भने एमालेका दिलीपकुमार अग्रवाल (४४५) र कांग्रेसका मिनेन्द्र रिजाल (३६७) पछि परेका छन् ।
क्षेत्र नं. १: रास्वपाका यज्ञमणी न्यौपाने ४१२४ मतसहित अग्रता लिइरहेका छन् । उनलाई श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन (२८१४) ले पछ्याउँदै छिन् । एमाले र कांग्रेसका उम्मेदवार यहाँ निकै पछाडि छन्।
मोरङ-३ मा भने रास्वपा पछाडि देखिएको छ । याे क्षेत्रमा श्रम संस्कृति पार्टीका अमिर मगर ५५४ मतसहित अगाडि छन् । कांग्रेसका सुनिल शर्मा ३३६ मतसहित दोस्रो र रास्वपाका गणेश कार्की २९५ मतसहित तेस्रो स्थानमा छन् ।
जिल्लाका सबै क्षेत्रमा मतगणना जारी छ र रास्वपाको सुरुवाती अग्रताले पुराना दलहरूलाई कडा चुनौती दिएको छ ।
























