मोरङ ४ मतगणना अपडेट : १० हजार बढीले अगाडि रास्वपा उम्मेदवार

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २२, शुक्रबार १६:०६
अमनलाल माेदी, गुरुराज घिमिरे, जीवन घिमिरे र सन्ताेष राजवंशी ।

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ को पछिल्लो मतगणना परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो अग्रतालाई फराकिलो बनाएको छ ।

रास्वपाका उम्मेदवार सन्तोष राजवंशीले आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा १० हजारभन्दा बढी मतको अन्तर बनाएका छन् । रास्वपाका राजवंशीले १४,७१९ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका नेकपा उम्मेदवार अमनलाल मोदीले ४,३०१ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेस महामन्त्री गुरुराज घिमिरेले ४,२१६ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका अमनलाल मोदी र घिमिरेबीच जम्मा ८५ मतको झिनो अन्तर देखिएको छ । नेकपा एमाले उम्मेदवार जीवन घिमिरे २,६६३ मतका साथ चौथो स्थानमा छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.