
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् । तर, घाेषणा हुन बाँकी छ । प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन् । रुकुमपूर्वमा हालसम्म १५ हजार ८२३ मत गणना भएकाे छ । यहाँ कुल १९ हजार १०६ मत खसेकाे थियाे ।
प्रचण्डलाई पछ्याएका नेकपा एमाले उम्मेदवार लिलामणि गौतमले तीन हजार १७ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले २ हजार ४७७ मत ल्याएकी छन् ।
गणना गर्न बाँकी रहेकाे मत भन्दा प्रचण्डले पाएकाे मत बढी भएका कारण उनी विजयी भएका हुन् । मतगणना सकिएपछि निर्वाचन आयोगले मतपरिणाम घोषणा गर्नेछ ।
























