
विराटनगर । प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहदा मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. मिनेन्द्र प्रसाद रिजाल तेस्रो स्थानमा देखिएका छन् ।
मतगणना जारी रहदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्णकुमार कार्कीले फराकिलो अग्रता बनाएका छन् । कार्कीले ५,७६७ मत प्राप्त गर्दा दोस्रो स्थानमा पछ्याइरहेका एमाले उम्मेदवार दिलीपकुमार अग्रवालले १,९८० मत पाएका छन् । नेपाली कांग्रेस नेता रिजाल भने १,७१९ मतसहित तेस्रो स्थानमा छन् । नेपाल कम्युनिष्ट पार्टीका ७० वर्षीय उम्मेदवार चन्द्र वीर राईले ३०२ मत प्राप्त गरेका छन् ।
२०७४ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित रिजाललाई यसपटकको निर्वाचनमा नयाँ शक्ति भारी देखिएको हो ।
























