
विराटनगर । झापा क्षेत्र नम्बर ५ को प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले अत्यधिक मतका साथ अग्रता बनाएका छन् । पछिल्लो मतपरिणाम अनुसार बालेन्द्र शाहले ३२,३३६ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धीलाई ठूलो अन्तरले पछाडि पारेका हुन् ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ८,५१८ मतका साथ दोस्रो स्थानमा रहेका छन्। शाह र ओलीबीचको मतान्तर २३,८१८ पुगेको छ ।
श्रम संस्कृत पार्टीका समीर तामाङले ५,४७८ मत प्राप्त गरी तेस्रो स्थानमा छन् । नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले ९३० मत प्राप्त गरेकी छिन् भने नेपाली कम्युनिस्ट पार्टीका रन्जित तामाङको पक्षमा ८३१ मत खसेको छ ।
























