
ओखलढुंगा । ओखलढुंगामा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका कुमार लुइँटेल ५ हजार ४७ मतसहित अगाडि रहेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विश्वराज पोखरेल ४ हजार ९१ मतसहित दोस्रो स्थानमा छन् । नेकपा एमालेकी अस्मिता थापा ३ हजार ७ सय ६ मतसहित तेस्रो र र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का अमिरबाबु गुरुङ २ हजार ६ सय ३९ मतसहित चौथो स्थानमा रहेका छन् ।
अहिलेसम्म १७ हजार ८ सय २४ मतगणना भइसकेको छ ।
























