मोरङ ४ र ६ मा एमालेसहितका उम्मेदवारको जमानत जफत

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फाल्गुन २३, शनिबार ०९:३५
मोरङ–६ का एमाले उम्मेदवार विनोद ढकाल (सेतो कपडा) र मोरङ–४ का एमाले उम्मेदवार जीवन घिमिरे ।

विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मोरङको निर्वाचन क्षेत्र नम्बर ४ र ६ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

मोरङ–४ को शुक्रबार राति र ६ को शनिबार बिहान मतपरिणाम घोषणा गरिएको हो । दुवै क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी भएका छन् ।

Advertisement

मोरङ–४ बाट रास्वपाका सन्तोष राजवंशी ४० हजार ८३३ मतसहित विजयी हुँदा ६ बाट रास्वपाकी रुविना आचार्य ५५ हजार ५१३ मतसहित निर्वाचित भइन् । मोरङ ४ र ६ मा नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दल र स्वतन्त्र गरेर ३१ जना उम्मेदवारको जमानत जफत भएको छ । जमानत जोगाउनका लागि कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने हुन्छ ।

मोरङ–४ बाट कांग्रेसका महामन्त्रीसमेत रहेका गुरुराज घिमिरे रास्वपाका राजवंशीसँग पराजित भएका छन् । घिमिरेले १२ र ८१८ ल्याउँदा तेस्रो स्थानमा रहेका नेकपाका अमनलाल मोदीले १० हजार ७६२ मत पाए ।

कांग्रेसका घिमिरे र नेकपाका मोदी भने जमानत जोगाउन सफल भएका छन् । मोरङ–४ बाट एमालेका जीवन घिमिरे उम्मेदवार थिए । ६ हजार ९३३ मतमै रोकिएका एमालेका केन्द्रीय सदस्य घिमिरेको जमानत जोगिएन । एमालेका घिमिरे र राप्रपाका माधव आचार्यसहित १६ जना उम्मेदवारको जमानत जफत भएको छ ।

मोरङ–४ मा ७९ हजार ७७५ मत खसेकोमा ७४ हजार ५१९ सदर भएको थियो । ५ हजार २५६ मत बदर भएको छ । बदर मतको संख्या धेरै रहेको हो ।

त्यस्तै, मोरङ–६ मा रास्वपाकी आचार्यसँग नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पराजित भएका छन् । १२ हजार ८५० मत ल्याएका कोइरालाको मात्रै जमानत जोगिएको छ ।

तेस्रो स्थानमा रहेका एमालेका विनोद ढकालको जमानत नै जोगिएन । उनले ८ हजार ३१७ मत पाएका छन् । मोरङ–६ बाट एमालेका ढकाल, नेकपाका ओपेन्द्र रायसहित १५ जना उम्मेदवारको जमानत जफत भएको छ ।

ढकाललाई जमानत जोगाउनका लागि थोरै मत नपुगेको हो । नेकपाका राय १ हजार ७१६ मतमै रोकिएका थिए ।

मोरङ–६ मा ८९ हजार ८४७ मत खसेको थियो । खसेकोमध्ये ८५ हजार २३३ सदर र ४ हजार ६१६ मत बदर भएको छ । यो क्षेत्रमा पनि उल्लेख्य मत बदर भएको छ ।

तपाइको प्रतिक्रिया
देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्ने कांग्रेस इतर पक्षको निर्णय 
देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्ने कांग्रेस इतर पक्षको निर्णय 
क्षेत्राधिकारभन्दा बाहिर गएर अस्पतालमा सिलबन्दी भयो  
क्षेत्राधिकारभन्दा बाहिर गएर अस्पतालमा सिलबन्दी भयो  
जसपा र लोसपा एकतापछि नयाँ केन्द्रीय समिति गठन 
जसपा र लोसपा एकतापछि नयाँ केन्द्रीय समिति गठन 
धनकुटाको साँगुरीगढीमा बस दुर्घटना 
धनकुटाको साँगुरीगढीमा बस दुर्घटना, तीन जना घाइते
विमानस्थलमा अपराधीजस्तो व्यवहार गरियो, के खोज्न खोजेको हो ?:  केपी ओली
विमानस्थलमा अपराधीजस्तो व्यवहार गरियो, के खोज्न खोजेको हो ?:  केपी ओली
नयाँ शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’ अभियान सुरु 
नयाँ शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’ अभियान सुरु 
भारतीय सेना प्रमुख आउँदै, मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
जनकपुरधाममा झुलनोत्सवको उल्लास
२ अर्ब ६४ करोडको अलैंची निर्यात, विश्वबजारमा ब्रान्डिङको चुनौती
जाजरकोट पहिरोमा तीन जनाको मृत्यु, दुई जना अझै बेपत्ता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.