कांग्रेसका उदय शमशेरलाई हराउँदै रास्वपाका बुद्धरत्न महर्जन निर्वाचित

Share this
786shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २३, शनिबार १०:५४

ललितपुर। ललितपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्धरत्न महर्जनले सानदार जित हासिल गरेका छन्। अन्तिम मतपरिणाम अनुसार महर्जनले नेपाली कांग्रेसका प्रभावशाली नेता उदय शमशेर जबरालाई ९ हजार ८५३ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।

रास्वपाका महर्जनले २३ हजार ३७३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राणाले १३ हजार ५२० मत मात्र प्राप्त गरे। यसअघि यस क्षेत्रबाट निर्वाचित भइसकेका राणाका लागि यो नतिजा अनपेक्षित पराजय बनेको छ।

यस्तै, नेकपा एमालेका उम्मेदवार चेतनाथ सञ्जेल तेस्रो स्थानमा खुम्चिएका छन्। उनले जम्मा ६ हजार ५४६ मत प्राप्त गरे। ललितपुरका तीनवटै क्षेत्रमा नयाँ राजनीतिक लहर देखिएको छ, जसमध्ये क्षेत्र नम्बर १ को यो नतिजाले रास्वपाको बढ्दो प्रभावलाई थप पुष्टि गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.