झापा-५ : केपी ओली भन्दा ३१ हजार मतले बालेन अगाडि

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २३, शनिबार ११:५०
 प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङतर्फ, सुरक्षा निकायलाई नै छैन जानकारी फाेटाे फायल

विराटनगर । झापा क्षेत्र नम्बर ५ को पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र (बालेन) शाहले भारी मतका साथ आफ्नो अग्रतालाई कायम राखेका छन् ।

६७ हजार ८ सय ५५ मत गणना हुँदा उनी ४२,५४३ मत मतसहित अगाडि छन् । दाेस्राे स्थानमा रहेका केपी शर्मा ओलीले ११,४२७ मत पाएका छन् ।

समिर तामाङले ७,१०४ मतसहित पछ्याइरहेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अब गणना हुन ३८ हजार ५ सय १७ मत बाँकी रहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.