
काठमाडाैं । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेको उपाध्यक्ष गोकर्ण विष्ट पराजित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थीसँग पराजित भएका हुन् । पन्थी १६८७८ सहित विजयी हुँदा नेकपा एमाले उम्मेवार गोकर्ण बिष्टले १६३८२ प्राप्त गरे ।
नेपाली कांग्रेस उम्मेदवार भुवनप्रसाद श्रेष्ठले १४४०५ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार श्रीराम महतले ३०७९ मत प्राप्त गरे ।
























