झापा-५: ३० हजार गणना गर्न बाँकी हुँदा बालेन ३५ हजारले अगाडि

Share this
629shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २३, शनिबार १३:१५

विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ‘गढ’ मानिने झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले जित सुनिश्चित गरेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार बालेनले आफ्ना निकटतम प्रतिद्वन्द्वी ओलीलाई निकै फराकिलो मतान्तरले पछि पारेका हुन् ।

७५ हजार ३ सय ७७ मत गणना भइसक्दा बालेन शाहले ४७ हजार ७ सय ७ मत प्राप्त गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले भने मात्र १२ हजार ६ सय ९९ मत प्राप्त गरेका छन् ।

बालेन शाह ३५ हजार ८० मतान्तरले अगाडि देखिएका छन् ।  अब गणना हुन बाँकी मतको संख्या मात्र ३० हजार ९ सय ९५  छ ।

अब गणना हुन बाँकी रहेका सबै मत केपी ओलीकै पक्षमा खसे पनि उनले बालेन शाहलाई भेट्टाउन असम्भव देखिएको छ । बालेनको हालको अग्रता (३५,०८०) बाँकी रहेको कुल मत (३०,९९५) भन्दा ४ हजार ८५ ले बढी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.