भोजपुरमा माटोको अग्रता कायमै

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २३, शनिबार १४:३८
ध्रुवराज राई र शेरधन राई ।

विराटनगर । भोजपुरमा जारी मतगणनामा श्रम संस्कृति पार्टीको अग्रता कायमै रहेको छ । उक्त पार्टीको चुनाव चिन्ह माटो हो ।

श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई ६ हजार ४५२ मतसहित अगाडि रहेका हुन् । उनलाई नेकपा (एमाले)का सचिवसमेत रहेका पार्टीका उम्मेदवार शेरधन राईले ५ हजार ५६५ मतका साथ पछ्याइरहेका छन् ।

अरुण, आमचोक, टेम्केमैयुङ र पौवादुङमा गाउँपालिकाको मतगणना सकिँदा ध्रवराज र शेरधनको मतान्तर ८८७ छ । भोजपुरमा नेपाली कांग्रेसभन्दा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) अगाडि छ ।

नेकपाका उम्मेदवार अजम्बर काङ्माङ राईले २ हजासर ९८९ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार बालकृष्ण थापाको २ हजार ८५४ मत छ । देशभर राम्रो नतिजा हात पारिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भोजपुरमा पाँचौं स्थानमा छ । हालसम्म रास्वपाका उम्मेदवार रमेश ओझाले २ हजार १६५ मत पाएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.