मतगणना नसकिँदै मोरङ ५ मा रास्वपाको विजयउत्सव

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २३, शनिबार १४:५४

विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा मतगणना नसकिँदै राष्ट्रिय स्वतन्त्र पार्टीले विजयउत्सव मनाएकाे छ । क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार आशा झाकाे जित निश्चित भइसकेकाे छ । अब करिब ७ हजार मतगणना गर्न बाँकी छ ।

पछिल्लो मतपरिणाम अनुसार झाले २८,१६७ मत प्राप्त गरेकी छन् । दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार फुलकुमार लालवानीले ९,१९७ र तेस्रो स्थानमा रहेका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शिवकुमार मण्डलले ८,१७१ मत प्राप्त गरेका छन् । जसपा नेपाल उम्मेदवार राजकुमार यादवले ७,६६० मत प्राप्त गरेका छन् ।एमालेका मनोजकुमार अग्रवालले ६,७५१ मत प्राप्त गर्दा २०७४ सालमा स्वतन्त्र निर्वाचित भएका योगेन्द्र मण्डलले ४,१४२ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर ५ को मतगणना १ घण्टामा सकिँदैछ । क्षेत्र नम्बर ५ मा ७५ हजार ५ सय २९ मत खसेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.