
विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रीय स्वतन्त्र पार्टीले ४६ क्षेत्रमा विजयी हासिल गरेको छ । पछिल्लो मतपरिणाम अनुसार रास्वपाले १६५ निर्वाचन क्षेत्र मध्ये ४६ क्षेत्रमा विजयी भएको हो । ७३ क्षेत्रमा रास्वपा उम्मेदवारले अग्रता बनाएका छन् ।
नेपाली कांग्रेसले ७ वटा क्षेत्रमा विजयी भएको छ । १२ वटा क्षेत्रमा अग्रता लिएको छ । नेकपा एमाले २ स्थानमा विजयी भएको छ । ७ स्थानमा अग्रता लिएको छ । नेपाली कम्युनिष्ट पार्टीले २ स्थानमा जितेको छ । ७ स्थानमा अग्रता लिएको छ ।

























