
तनहुँ । तनहुँको क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डा. स्वर्णिम वाग्ले निर्वाचित भएका छन् ।
निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई २१ हजार ८०९ मतान्तरले पराजित गरेर वाग्लेले संसदको यात्रा तय गरेका हुन् । विजयी हुने क्रममा वाग्लेले ३८ हजार ४० मत पाउँदा भट्टराई १६ हजार २३१ मतमा खुम्चिए ।
त्यस्तै, नेकपा (एमाले) उम्मेदवार भगवती न्यौपानेले ५ हजार ८३० र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार विद्यानाथ ढकाल २ हजार ३९३ मतभन्दा अघि बढ्न सकेनन् ।
























