
जाजरकोट । जाजरकोटबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का शक्तिबहादुर बस्नेत पराजित भएका छन् ।
उनी नेपाली कांग्रेसका खडकबहादुर बुढासँग २ हजार ७३५ मतान्तरले हारेका हुन् । २० हजार १४२ मत पाएर बुढा विजयी हुँदा बस्नेत १७ हजार ४०७ मतबाट अघि बढ्न सकेनन् ।
तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का डम्बरबहादुर सिंहले १६ हजार ८८३ र चौथो बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राघब कार्कीले २ हजार ४७१ मत ल्याएका छन् ।
























