मोरङ क्षेत्र नम्बर ५ मा रास्वपाकी आशा झाको सानदार जित

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २३, शनिबार १६:११

विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशा झा भारी मतान्तरसहित निर्वाचित भएकी छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार घण्टी चुनाव चिन्ह लिएर मैदानमा उत्रिएकी झाले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ठूलो अन्तरले पछाडि पार्दै जित हासिल गरेकी हुन् ।

आशा झाले कुल ३०,४३४ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार फूलकुमार लालबानीले ९,४१५ मत मात्र प्राप्त गरे । झा र लालबानीबीचको मतान्तर २१,०१९ रहेको छ ।

त्यस्तै, जनता समाजवादी पार्टीका राजकुमार यादवले ८,७४७ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार शिवकुमार मण्डल केवटले ८,६१४ मत पाएका छन् । नेकपा (एमाले) का उम्मेदवार मनोजकुमार अग्रवालले ६,९४५ मत पाएका छन् ।

याे निर्वाचन क्षेत्रमा कुल ७८,४४९ मत खसेको थियो । जसमध्ये ७०,५६० मत सदर भएका छन् भने ७,८८९ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.