
काठमाडाैं । लमजुङमा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङ पराजित भएका छन् । रास्वपाका धर्मराज केसीसँग १७ हजार २२ को फराकिलो मतान्तरले उनी पराजित भएका हुन् ।
केसीले ३३ हजार ८९८ मत ल्याउदा गुरूङले १६ हजार ८७६ मत पाएका थिए । कांग्रेसका गमप्रसाद गुरूङले १६ हजार ५६९ मत प्राप्त गरेका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा कुल ७५ हजार ४६० मत खसेको थियो । जसमध्ये ७३ हजार १० मत सदर भएको थियो ।
























