
विराटनगर । मोरङकाे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्की निर्वाचित भएका छन् ।
अन्तिम मतपरिणाम अनुसार कार्कीले आफ्ना निकटतम प्रतिस्पर्धीलाई भारी मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कार्कीले ४० हजार ९ सय २४ मत प्राप्त गरे । यो मत उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दिलीपकुमार बगडियाको भन्दा २५ हजार ३ सय बढी हो ।
बगडियाले १५ हजार ६ सय २४ मतमा चित्त बुझाउनु पर्यो । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री डाक्टर मिनेन्द्र रिजाल तेस्रो स्थानमा खुम्चिएका छन् । रिजालले १२ हजार ६ सय ६४ मत मात्र प्राप्त गरे ।
























