
विराटनगर । झापाकाे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) भारी मतान्तरले विजयी भएका छन् । अन्तिम मत परिणाम अनुसार शाहले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पराजित गर्दै संसदको यात्रा तय गरेका हुन् । अन्तिम मतपरिणाम घाेषणा गर्न बाँकी छ ।
पूर्वप्रधानमन्त्री एवं एमालेका शक्तिशाली नेता ओलीको गढ मानिने झापा-५ मा बालेन्द्र शाहको यो जितलाई ‘राजनीतिक सुनामी’को संज्ञा दिइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घण्टी’ चिह्नमा चुनाव लडेका शाहले युवा पुस्ता र परिवर्तन चाहने मतदाताको मन जित्न सफल भएको विश्लेषण गरिएको छ ।
























