
विराटनगर । झापा क्षेत्र नम्बर ५ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार बालेन्द्र शाह (बालेन) भारी मतान्तरले विजयी भएका छन् । अन्तिम मत परिणाम अनुसार शाहले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पराजित गर्दै संसदको यात्रा तय गरेका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार बालेन्द्र शाहले ६८,३४८ मत प्राप्त गरेका छन् ।
उनका मुख्य प्रतिद्वन्द्वी केपी शर्मा ओलीले मात्र १८,७३४ मत प्राप्त गरे। शाह र ओलीबीचको मतान्तर ४९,६१४ रहेको छ ।
























