
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र सफल रूपमा सम्पन्न भएकोमा नेपाली जनता र सरकारलाई बधाई दिएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले नेपाली नागरिकहरूले उत्साहपूर्वक आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेको देखेर खुसी लागेको बताएका छन् । मोदीले उक्त निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्रामा महत्वपूर्ण उपलब्धि र गौरवको क्षणका रूपमा उल्लेख गरेका छन् ।
भारतले नेपालसँगको ऐतिहासिक मित्रता र छिमेकी सम्बन्धलाई थप मजबुत बनाउँदै अघि बढ्न चाहेको उनले बताएका छन् । साथै, उनले नवनिर्वाचित सरकारसँग सहकार्य गर्दै साझा शान्ति, प्रगति र समृद्धिका लक्ष्य हासिल गर्न भारत प्रतिबद्ध रहेको बताएका छन् ।
























