राप्रपाका ज्ञानेन्द्र शाही विजयी

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २३, शनिबार १८:३६

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उम्मेदबार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) जुम्लाबाट विजयी भएका छन् ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ जित्ने राप्रपाका उनी एक्ला हुन् । १४ हजार ८१६ मत ल्याएर शाही विजयी हुँदा निकटतम प्रतिष्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट नरेश भण्डारी ११ हजार ६३५ मतमा सीमित रहे ।

तेस्रो स्थानमा रहेका कांग्रेसका दीपबहादुर शाही ७ हजार १४३, नेकपा (एमाले)का उम्मेदवार शान्तिलाल महतले ४ हजार ५१८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की विनिता कठायतले ४२१ मत पाएकी छिन् । फागुन २१ गतेको निर्वाचनबाट राप्रपा प्रत्यक्षतर्फ एक सिटमा सीमित भएको छ ।

१६५ क्षेत्रमै उम्मेदवारी दिएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन झापा–३ बाट पराजित भएका छन् । राप्रपाका अन्य नेताले पनि प्रत्यक्षतर्फ जित्न सकेनन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.