माेरङ ३ बाट गणेश कार्की निर्वाचित

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २४, आइतबार ०६:२७

विराटनगर । मोरङकाे प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश कार्की निर्वाचित भएका छन् ।

निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनिलकुमार शर्मालाई १२ हजार बढी मतान्तरले पराजित गर्दै कार्की निर्वाचित भएका हुन् ।

कार्कीले ३६ हजार ९ सय २४ र शर्माले २४ हजार ३ सय ५४ मत ल्याए । श्रम संस्कृति पार्टीका अमिर मगरले १६ हजार ५ सय ९, नेकपा एमालेका इरनकुमार राईले ७ हजार ७ सय ५२ र नेकपाका डा. देउमान सम्बाहाङफेले १ हजार २ सय ५९ मत प्राप्त गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.