भोजपुरमा श्रम संस्कृतिका ध्रुवराजको अग्रता कायमै, एमालेका शेरधन पछ्याउँदै

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २४, आइतबार ०९:०६
ध्रुवराज राई र शेरधन राई ।

भोजपुर । भोजपुरमा श्रम संस्कृति पार्टीको अग्रता कायमै रहेको छ । उक्त पार्टीका उम्मेदवार ध्रुवराज राई १२ हजार ९६५ मतसहित अगाडि रहेका छन् ।

उनले १ हजार २८७ मतले नेकपा (एमाले)का उम्मेदवार शेरधन राईलाई पछाडि पारेका छन् । एमाले सचिवसमेत रहेका राईले हालसम्म ११ हजार ६७८ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका बालकृष्ण थापाको ७ हजार १३५, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रमेश ओझाको ५ हजार ४८६ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का अजम्बर राई काङमाङको ५ हजार ७५ मत छ । भोजपुरमा हालसम्म अरुण, आमचोक, टेम्केमैयुङ, पौवादुम्मा र रामप्रसाद राई गाउँपालिका तथा भोजपुर र षडानन्द नगरपालिकाको मतगणना सकिएको छ ।

अब साल्पासिलिछो र हतुवागढी गाउँपालिकाको मतगणना गर्न बाँकी छ । श्रम संस्कृतिका ध्रुवराजलाई पछ्याइरहेका एमालेका शेरधनको ‘कोर एरिया’को मतगणना सकिएको बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.