ध्रुवराज राई र शेरधन राई ।भोजपुर । भोजपुरमा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राईले आफ्नो अग्रता निक्कै फराकिलो पारेका छन् । उनले अग्रता बढाउँदै लैजाँदा नेकपा (एमाले)का उम्मेदवार रहेको पार्टीका सचिव शेरधन राई निक्कै पछाडि परेका छन् ।
लगभग ध्रुवराज जितनजिक पुगेका छन् । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराजले हालसम्म १४ हजार २४१ मत प्राप्त गर्दा एमालेका शेरधनलाई १२ हजार ३१९ मत मात्रै छ । उनीहरुबीचको मतान्तर १ हजार ९२२ छ ।
नेपाली कांग्रेसका बालकृष्ण थापाको ८ हजार २०९, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रमेश ओझाको ५ हजार ३३७ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का अजम्बर राई काङमाङको ५ हजार ३७२ मत छ । हालसम्म अरुण, आमचोक, टेम्केमैयुङ, पौवादुङमा, रामप्रसादराई र साल्पासिलिछो गाउँपालिका तथा भोजपुर र षडानन्द नगरपालिकाको मतगणना सकिएको छ ।
हतुवागडी गाउँपालिकाको मगगणना जारी छ । भोजपुरमा ५८ हजार १६७ मत खसेको थियो ।
























