संखुवासभामा एमालेको अग्रता कायमै

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २४, आइतबार १७:४६

विराटनगर । संखुवासभामा जारी मतगणनामा नेकपा (एमाले)ले अग्रता कायमै राखेको छ ।

एमाले उम्मेदवार डा. अर्जुनकुमार कार्की ६ हजार १४९ मतका साथ अगाडि रहेका हुन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिङमा शेर्पाले पछ्याइरहेका छन् ।

शेर्पाले हालसम्म ५ हजार ३८७ मत प्राप्त गरेका छन् । कार्की र शेर्पाको मतान्तर ७६२ रहेको छ ।

नेपाली कांग्रेसका दिपनकुमार श्रेष्ठले ३ हजार ६०७ मत पाएका छन् । श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले २ हजार ८१७ मत ल्याएकी छन् । संखुवासभामा निक्कै सुस्त हिसाबले मतगणना भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.