
सुनसरी । सुनसरीको क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का लालविक्रम थापा विजयी भएका छन् । फराकिलो मतान्तरसहित उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
थापाले ५७ हजार ३४८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका राजीव कोइराला १६ हजार ७१ मतबाट अघि बढ्न सकेनन् । उनीहरुबीचको मतान्तर ४१ हजार २७७ छ ।
त्यस्तै, नेकपा (एमाले)का सुजन लामाले ८ हजार ३०३ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका चेतन राई ७ हजार ४८४ मतमा रोकिए । सुनसरी–२ मा विभिन्न दल र स्वतन्त्र गरेर २८ जना उम्मेदवार चुनावी मैदानमा थिए ।
दलबाट १९ र स्वतन्त्र ९ जनाले प्रतिस्पर्धा गरेका हुन् । इटहरी उपमहानगरपालिका, इनरुवा र रामधुनी नगरपालिका तथा देवानगन्ज र हरिनगरा गाउँपालिकाका केही वडाहरुसहित गर्दा ३० वटा यस निर्वाचन क्षेत्रमा समेटिएको छ । १ लाख ५८ हजार ९१० मतदातामध्ये गत बिहीबार सम्पन्न निर्वाचनमा १ लाख १ हजार ४ मत खसेको थियो ।
























