
काठमाडौं । गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरुङ विजयी भएका छन् ।
मतगणनाको अन्तिम नतिजाअनुसार उनले २९ हजार ८ सय ९६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका प्रेम खत्रीले १५ हजार ३ सय ९८ मत ल्याएका छन् । तेस्रो स्थानमा झरेको नेकपाका हरिराज अधिकारीले ११ हजार १ सय २४ मत प्राप्त गरेका छन् ।
चौथो स्थानमा रहेको एमालेका रामचन्द्र लामिछानेको मत ३ हजार ७ सय ३२ मत मात्र छ ।
























