विराटनगर लेडिज सर्कलद्वारा छात्रालाई स्वास्थ्य सचेतना

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फाल्गुन २५, सोमबार १९:१६
विराटनगर लेडिज सर्कलद्वारा छात्रालाई स्वास्थ्य सचेतना र सेनिटरी प्याड प्रदान 

विराटनगर । विराटनगर लेडिज सर्कल–५ ले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा विराटनगरका छात्राहरूको स्वास्थ्य र शिक्षालाई लक्षित गर्दै विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

विराटनगर महानगरपालिका–७ मा रहेको आदर्श बालिका माध्यमिक विद्यालयमा अध्ययनरत २ सयभन्दा बढी छात्राहरूलाई संस्थाले ४ सय ५० थान बढी सेनिटरी प्याड प्रदान गर्नुका साथै महिनावारी हुँदा अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा सम्बन्धी जानकारी गराइएको थियो ।

महिलाहरूलाई सशक्तीकरणको माध्यमबाट समाजको मूलधारमा अगाडि बढाउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको विराटनगर लेडिज सर्कल ५ की अध्यक्ष कुसुम लुनियाँले जानकारी दिइन् । उनले आफू र आफ्नो संस्था सधैँ महिला सशक्तीकरण र सामाजिक सेवाका क्षेत्रमा काम गर्दै आएको बताइन् ।

लुनियाँले भनिन्, ‘हाम्रो संस्था भनेकै महिलाको पक्षमा काम गर्ने भएकाले महिलाहरूका समस्यामा साथ दिनु हो । विभिन्न समयमा गाउँ गाउँमा जाने महिलालाई शिक्षा, स्वास्थ्यलगायतको जनचेतना जगाउँदै उनीहरूलाई आफूलाई परेका समस्या सबैका सामु राम्रोसँग राख्न सक्ने बनाउने अभियान पनि हो ।’

यसैबीच, विभिन्न पर्वलगायत महिला दिवस लगायतमा महिलालाई लक्षित गरेर लत्ताकपडा वितरण, स्वास्थ्य शिविर, शैक्षिक सामग्री प्रदानलगायत कार्यमार्फत सामाजिक उत्तरदायित्व पूरा गर्दै आएको उनले प्रस्ट्याइन् । उनले बालिका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई महिनावारी हुँदा कसरी स्वास्थ्यमा ध्यान दिने र प्याड प्रयोग गर्ने भनेर जानकारी दिएको बताइन् ।

सो अवसरमा सर्कलकी सदस्यसमेत रहेकी डा. अंकिता राठीले छात्राहरूलाई महिनावारी के हो, महिनावारी भएको समयमा अपनाउनुपर्ने सावधानी, व्यक्तिगत सरसफाइ, रहनसहन र खानपिनलगायतका बारेमा जानकारी गराएकी थिइन् । उनले महिनावारी भनेको कुनै दोष वा रोग नभई महिलामा हुने प्राकृतिक स्वरूप भएको हुँदा यस्तो समयमा सावधानी अपनाएन भने सङ्क्रमण हुने र रोग लाग्न सक्ने भएकाले विशेष ध्यान दिन आग्रह गरिन् ।
अप्ठ्यारो नमानी महिनावारी भएको समय कुनै स्वास्थ्य समस्या आए घरपरिवारलाई भन्ने र चिकित्सकसँग परामर्श गर्न पनि उनीले छात्राहरूलाई आग्रह गरेकी थिइन् ।

विद्यालयमा अध्ययनरत महिनावारी हुने उमेर समूहका २ सय छात्रालाई प्याड वितरण गरिएको थियो । जस्मिन हाइजिन प्रोडक्ट्सका प्रबन्ध निर्देशक पुनीत सारडाले उपलब्ध गराएको ४ सय ५० वटा सेनिटरी प्याड प्रदान गरिएको हो ।

कार्यक्रममा विराटनगर लेडिज सर्कल–५ की पूर्वअध्यक्ष निलम कुन्डलिया, आगामी वर्ष हुने अध्यक्ष विनीता धाडेवा, कोषाध्यक्ष मोहिनी लुनियाँलगायतको सहभागिता रहेको थियो । विद्यालय प्रशासनले लेडिज सर्कलको यस कार्यले छात्राहरूको नियमित विद्यालय उपस्थित र स्वास्थ्यमा ठुलो टेवा पुग्ने भन्दै प्रशंसा गरेको छ । विद्यालयमा बाल कक्षादेखि कक्षा १० सम्म ३ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

तपाइको प्रतिक्रिया
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
विराटनगरको हाजी आँखा अस्पताल : सञ्चालक गुप्तामाथि यस्तो आरोप
सुनसान बन्दै धनकुटाको चौबिसेका मगर र जनजाति संग्रहालय
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×