समानुपातिक मत परिणाम : ४७ लाख मतसहित ‘घण्टी’ अगाडि, हलोलाई ‘माटो’ले उछिन्यो

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २५, सोमबार २०:१३

विराटनगर । प्रतिनिधिसभाको समानुपातिकतर्फको मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सानदार अग्रता बनाएकाे छ । घण्टी चुनाव चिह्न पाएको रास्वपाले  ४७ लाख मत कटाएकाे छ ।   ९७ लाख ७६ हजार मतगणना हुँदा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ४७ लाख ८ हजार  ३ सय ७१ मत प्राप्त गरेको छ । यो कूल खसेको मतको झण्डै ४८ प्रतिशत हो ।

परम्परागत शक्ति मानिएका ठूला दल समानुपातिक मतमा पछाडि देखिएका छन् । दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले १५ लाख ८० हजार ६ सय ६ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको नेकपा एमालेले १३ लाख १७ हजार ५ सय ९७ मत पाएको छ । नेपाली कम्युनिष्ट पार्टीले ७ लाख १० हजार ९ सय ३८ मत प्राप्त गरेकाे छ।

यस निर्वाचनको रोचक पक्ष श्रम संस्कृति पार्टीको उदय देखिएको छ । ‘माटो’ चुनाव चिन्ह पाएकाे याे पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत पछि पारेको छ । समानुपातिक तर्फ श्रम संस्कृति पार्टीले ३ लाख ३२ हजार ८ सय ३८ मत प्राप्त गर्दा हलो चिह्न भएको राप्रपाले ३ लाख ९ हजार ८ सय ४८ मत पाएकाे छ ।  मतगणना अन्तिम चरणमा पुगेकाे छ । खसेकाे मतकाे ३ प्रतिशत कटाउने दलले राष्ट्रिय दलकाे मान्यता पाउँछन् । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ प्रतसशत थ्रेसाेल्ड कटाएकाे छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.