
काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड सात लाख ३० हजार ५५१ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख भन्दा बढी मत पाएकाे छ । निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लाे विवरण अनुसार रास्वपाले ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गरेको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७ मत प्राप्त गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) १४ लाख ४८ हजार ३१८ मतसहित तेस्रो स्थानमा रहेको छ।
नेपाली कम्युनिस्ट पार्टीले ८ लाख ३ हजार मत ल्याउँदा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले क्रमशः ३ लाख ७८ हजार र ३ लाख २९ हजारभन्दा बढी मत पाएका छन् ।
थ्रेसहाेल्ड नकटाएका जनता समाजवादी पार्टी, नेपालले १,७४,३०६, राष्ट्रिय परिवर्तन पार्टीले १,७१,४९७ र जनमत पार्टीले ७८,९४९ मत प्राप्त गर्न सफल भएका छन् ।
























