जनप्रतिनिधिद्वारा सभापति गगन थापाको पक्षमा ऐक्यबद्धता

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २८, बिहीबार ११:१३

काठमाडौं । नेपाली कांग्रेसभित्र विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर ललितपुरका स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टी सभापति गगनकुमार थापाको पक्षमा बलियो ऐक्यबद्धता जनाएका छन् ।

बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ललितपुरका प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरूले वर्तमान जटिल राजनीतिक अवस्थामा थापाको नेतृत्व र अभिभावकत्व पार्टीका लागि अपरिहार्य रहेको बताएका छन् ।

कांग्रेसको गरिमामय इतिहास, वर्तमान राजनीतिक चुनौती र लोकतन्त्रको संरक्षणका लागि गगन थापा नै योग्य व्यक्तित्व भएको उनीहरूको दाबी छ ।

जनप्रतिनिधिहरूले पछिल्लो समय चर्चामा आएको सभापतिको राजीनामाको विषयलाई पूर्णतः नकार्दै पार्टी सुदृढीकरणका लागि नेतृत्वको निरन्तरता आवश्यक रहेको औँल्याएका छन् ।

ऐक्यबद्धता जनाउनेहरूमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाल, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र महाङ्काल गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन रहेका छन् ।

त्यस्तै महाङ्कालका अध्यक्ष गणेशबहादुर केसी, गोदावरीकी उप–प्रमुख मुना अधिकारी, महालक्ष्मीकी उपप्रमुख लक्ष्मी महर्जन र कोन्ज्योसोमका उपाध्यक्ष राजन घिमिरेले पनि सामूहिक रूपमा सभापति थापालाई अभिभावकत्व ग्रहण गर्न आग्रह गरेका छन् । उनीहरूले समसामयिक राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गर्न नेतृत्वको साथ चाहिएको बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.