आयाेगले टुंग्यायो दलले पाउने समानुपातिक सांसदको संख्या

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २८, बिहीबार २१:३३

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ दलगत रुपमा सांसदहरूको संख्या टुंगो लगाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गरी राष्ट्रिय दल बनेका ६ दलले पाउने समानुपातिक संख्या टुङ्गाे लागेकाे जानकारी दिएका हुन् ।

आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९, श्रम संस्कृति पार्टी र राप्रपाले समान ४/४ सांसद पाउने भएका हुन् ।

आयोगले समानुपातिकतर्फका सांसदका लागि तीन दिनभित्र उम्मेदवारको नाम छनोट गरी पेस गर्न सम्बन्धित दलहरूलाई जानकारी गराइसकेको पनि जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.