
काठमाडौं । भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नराम्ररी हारको झड्का बेहोरेको नेकपा (एमाले)ले समानुपातिक सांसद छनोटको तयारीका लागि सचिवालय बैठक बोलाएको छ ।
बैठक आज (शनिबार) दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने छ । बठकको मुख्य एजेन्डा समानुपातिक सूचीबाट सांसद चयनसम्बन्धी विषयमा छलफल गर्नु हो ।
निर्वाचन आयोगले पार्टीहरूलाई समानुपातिक सूचीमा रहेका उम्मेदवारबाट सांसद छनोटको सिफारिस गर्न आइतबारसम्मको समय दिएको छ । बैठकमा पार्टीभित्रबाट लिइने सुझाव र प्राथमिकताका बारेमा हुने छलफलले सांसदको अन्तिम नाम सार्वजनिक गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिनिधिसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिकमा १६ सिट जितेको छ । निर्वाचन आयोगले क्लष्टर अनुसार सूची बुझाउन दलहरुलाई ३ दिनको समय दिएको छ ।
























