समानुपातिक सांसदको नाम टुङ्गो लगाउन एमाले सचिवालय बैठक बस्दै

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ३०, शनिबार १२:२०

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्न र समानुपातिकतर्फका सांसदहरूको नाम टुङ्गो लगाउन यो बैठक बोलाइएको हो।

बैठक दिउँसो १:०० बजे भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्ने तयारी गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताए। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत बन्दसूचीमा रहेका उम्मेदवारमध्येबाट निर्वाचित हुनेहरूको नाम सिफारिस गर्न आजसम्मको समयसीमा तोकेकाले एमालेले आजै अन्तिम नामावली तयार पार्नेछ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा एमालेले समानुपातिकतर्फ प्राप्त गरेको सिट सङ्ख्याका आधारमा समावेशी क्लस्टर (महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारू र मुस्लिम) मिलाएर सांसदहरूको नाम छनोट गर्नुपर्ने कानुनी बाध्यता छ। आजको बैठकमा निर्वाचनमा पार्टीले व्यहोरेको परिणाम र आगामी राजनीतिक कदमबारे पनि गम्भीर समीक्षा हुने बताइएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.