रास्वपा सचिवालय बैठक स्थगित

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ३०, शनिबार १२:२५

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शनिबारका लागि तय भएको सचिवालय बैठक स्थगित भएको छ । पार्टीले शनिबारको बैठक आइतबार बिहानका लागि सारेको हो ।

सभापति रवि लामिछानेको निर्देशन अनुसार सचिवालय बैठक आइतबार बिहान १० बजेका लागि तय गरिएको प्रवक्ता मनिष झाले सूचनामार्फत जानकारी दिए । ‘आज हुने भनिएको सचिवालय बैठक भोलि बिहानका लागि तय गरिएको छ,’ झाले बताए ।

प्रवक्ता झाका अनुसार बैठक वनस्थलीस्थित पार्टी कार्यालयमा बस्ने छ । बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवार सिफारिस गर्ने मुख्य एजेन्डा तय गरिएको छ । निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदको नाम पठाउन दलहरूलाई आजसम्मको समय दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.