सरकारले सार्वजनिक गर्‍यो जेनजी आन्दोलनका घाइतेको विवरण

Share this
794shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ३०, शनिबार १९:२३
सरकारले सार्वजनिक गर्‍यो जेनजी आन्दोलनका घाइतेको विवरण

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको आधिकारिक विवरण सार्वजनिक गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका ९९ वटा अस्पतालबाट प्राप्त तथ्याङ्कका आधारमा घाइतेहरूको सूची तयार पारेको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार उक्त आन्दोलनका क्रममा देशभर जम्मा २ हजार ६ सय ३८ जना घाइतेको उपचार गरिएको विवरण प्राप्त भएको छ । मन्त्रालयले संकलन गरेको यो विवरण आवश्यक कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाइसकेको छ ।

केही अस्पतालबाट विवरण आउन ढिलो भएकाले सबै घाइतेको विवरण सार्वजनिक गर्न ढिलाइ भएको हो ।
विवरणअनुसार गत असोज ३१ गते २ हजार ५२२, गत माघ ४ गते ७७ र यही फागुन २९ गते थप ३९ जना घाइतेको विवरण गृह मन्त्रालयलाई पठाइएको छ ।

प्रवक्ता डा. बुढाथोकीका अनुसार सबैभन्दा धेरै ४ सय ५८ जना घाइतेको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा उपचार गरिएको छ । यस्तै, नेपाल पुलिस अस्पतालमा २ सय ३,  राष्ट्रिय ट्रमा सेन्टरमा १ सय ९० र त्रिवि शिक्षण अस्पतालमा १ सय ८ जनाको उपचार भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.