ज्ञानेन्द्र दलको नेता, खुश्बु प्रमुख सचेतक

Share this
829shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ५, बिहीबार १८:००

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको नेतामा ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) चयन भएका छन् । बिहीबार बसेको संसदीय दलको बैठकले शाहीलाई सर्वसम्मत रूपमा दलको नेता बनाउने निर्णय गरेको हो ।

त्यसैगरी, बैठकले संसदीय दलको प्रमुख सचेतकमा खुश्बु ओलीलाई नियुक्त गर्ने निर्णय गरेको छ । पार्टीभित्र संसदीय गतिविधि समन्वय गर्ने जिम्मेवारी अब ओलीले सम्हाल्नेछिन् ।

नवनिर्वाचित दलका नेता शाही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट जुम्ला क्षेत्रबाट विजयी भएका हुन् । उनी पार्टीभित्र प्रखर वक्ता र स्पष्ट धारणा राख्ने नेताका रूपमा परिचित छन् । राप्रपालेले उनको नेतृत्वमा संसदमा आफ्नो भूमिका निर्वाह गर्नेछ ।

उता, प्रमुख सचेतक नियुक्त भएकी ओली समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभामा पुगेकी सांसद हुन् । उनलाई संसदीय दलभित्र अनुशासन कायम राख्ने, सांसदहरूलाई पार्टीको आधिकारिक धारणा अनुसार समन्वय गर्ने तथा संसदमा पार्टीको उपस्थिति सशक्त बनाउने जिम्मेवारी दिइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.