विराटनगरमा शिशु सेवा समितिको वार्षिकोत्सव ४ व्यक्तित्व सम्मानित

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ८, आइतबार ०९:५६
विराटनगरमा शिशु सेवा समितिको वार्षिकोत्सव ४ व्यक्तित्व सम्मानित

विराटनगर । शिशु सेवा समिति विराटनगरले ४२ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रका ४ जनालाई पुरस्कृत तथा सम्मान गरेको छ । विराटनगरमा आयोजित कार्यक्रममा समाजसेवा, साहित्य र पत्रकारितामा योगदान पुर्‍याउने स्रष्टाहरूलाई पुरस्कृत गरिएको हो ।

कार्यक्रममा सुनसरीको प्रकाशपुरकी आमा भेषकुमारी दाहाललाई ‘राष्ट्रिय आदर्श आमा पुरस्कार–२०८२’ बाट सम्मानित गरियो । उनलाई नगद १५ हजार १०१ रुपैयाँसहित सम्मान गरिएको हो ।

समितिले ‘बाल साहित्य पुरस्कार’ विराटनगरका बाल साहित्यकार भवानीप्रसाद पोखरेललाई,  ‘शान्ता राष्ट्रिय उत्कृष्ट बाल पुरस्कार २०८२’ निःसहाय बाल सेवा आश्रम इटहरीमा आश्रित ७ वर्षीया रागिनी गौतम र ‘शिशु सेवा पत्रकारिता’ पुरस्कार विराटनगरका पत्रकार बाबुराम भण्डारीलाई प्रदान गरियो । पुरस्कारको राशि जनही ११ हजार १११ रुपैयाँ छ ।

कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीसहित समाजका सभापति कविराज न्यौपाने, सल्लाहकार मञ्जु रिजाल लगायतले पुरस्कृतहरूलाई नगद राशिसहित माला र सम्मानपत्र प्रदान गरे ।
सो अवसरमा शिशु सेवा समितिको साधारण सभाबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको घोषणा गरियो ।
साधारण सभाबाट समितिको सभापतिमा कविराज न्यौपाने पुनः चयन भएका हुन् । उपसभापतिमा पदमा रिजाल र डा. भेषप्रसाद धमला, सचिवमा धर्मराज भट्टराई, सहसचिवमा पुष्पलता कोइराला र कोषाध्यक्षमा शोभा पोखरेल चयन भए ।

सदस्यहरूमा कनुलाल चौधरी, पुण्यप्रसाद दाहाल, डा. सम्झना प्रधान, सरिता कोइराला रेग्मी, स्वयम्भू कार्की, रोमप्रसाद धमला, सावित्रा पराजुली धमला, रिता रेग्मी र ज्योति रिजाल सर्वसम्मत चयन भएको सचिव भट्टराईले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.