
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ८ बजेदेखि बैठक सुरु भएको हो।
बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षासम्बन्धी प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ। निर्वाचनको परिणाम र पार्टीको आगामी रणनीतिबारे सदस्यहरूले आफ्नो सुझाव दिइरहेका छन्।
बैठकमा महामन्त्रीद्वयको प्रतिवेदन र समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने नेताहरूले बताएका छन्। निर्वाचनपछिको अवस्था र पार्टीभित्रको आन्तरिक समीक्षाका लागि यो बैठकलाई महत्त्वपूर्ण मानिएको छ।
























