लोहनीको राजीनामा

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ८, आइतबार १८:५४

काठमाडौं । डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्देशन समिति अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

हालै सम्पन्न निर्वाचनमा पार्टीले अपेक्षाअनुसार परिणाम हासिल गर्न नसकेको भन्दै उनले नैतिक जिम्मेवारी स्वीकार गर्दै पद त्याग गर्ने निर्णय गरेका हुन् । फागुन २१ मा सम्पन्न निर्वाचनमा राप्रपाले भोगेको पराजयलाई गम्भीर रूपमा लिँदै लोहनीले पार्टीभित्र व्यापक पुनर्संरचनाको आवश्यकता औंल्याएका छन् ।

उनले वर्तमान केन्द्रीय समिति विघटन गरेर नयाँ नेतृत्व चयनका लागि महाधिवेशन आह्वान गर्नुपर्ने मागसमेत अघि सारेका छन् । लोहनीले आफ्नो राजीनामासँगै पार्टीका शीर्ष तहमा रहेको नेतृत्वले पनि मार्गप्रशस्त गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

उनका अनुसार निरन्तर कमजोर प्रदर्शनले पार्टीप्रति जनविश्वास घट्दै गएको छ । सुधार्न संरचनागत र नेतृत्वगत दुवै तहमा परिवर्तन अनिवार्य भइरहेको उनको भनाइ छ ।

यसअघि पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पनि पदबाट राजीनामा दिएका थिए । लोहनीको राजीनामाले राप्रपाभित्र नेतृत्व परिवर्तन र पुनर्गठनको बहसलाई तीव्र बनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.