संसदमा दलहरुको कार्यालय व्यवस्थापन

Share this
847shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ९, सोमबार १६:२९

काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको सिट संख्या अनुसार दलको कार्यालय व्यवस्थापन गरेको छ ।

नयाँ संसद भवन निर्माण पूरा नभएपछि हालको सचिवालय परिसरमै कार्यालयको व्यवस्था गरिएको हो । निर्वाचनपछिका फेरबदल अनुसार नेपाली कांग्रेस र नेकपा (एमाले)ले साबिकको संसदीय दलको कार्यालय नै प्रयोग गर्नेछन् ।

यसअघि तत्कालीन नेकपा (माओवादी केन्द्र)ले प्रयोग गरेको कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई दिइएको छ । त्यस्तै, रास्वपाले प्रयोग गरेको कार्यालयमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कार्यालय राखिएको छ ।

संसद सचिवालयले नयाँ भवन निर्माणपछि सबै संसदीय गतिविधि त्यहीँबाट सञ्चालन हुने जनाएको छ । प्रतिनिधिसभा सदस्य (सांसद)हरुको पद तथा गोपनियताको शपथ बहुउद्देश्यीय हलमा हुने जानकारी दिइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.